२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन

२०७८, ८ असार मंगलवार ०९:५०

असार ८, सियोल (रासस/एएनआई)। एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो बर्ष ५३ प्रतिशतले वृद्धि भएको जानकारी गराइएको छ । गत वर्ष ट्याब्लेट बजारको वृद्धि दर १९ प्रतिशत थियो ।

यो बर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले २० प्रतिशत बजार पाएको छ । चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट उत्पादनले गत बर्ष ११ प्रतिशत बजारसहित तेस्रो स्थान ओगटेकोमा यो बर्ष उक्त स्थान कायम राखेपनि बजार पहुँचमा मात्रै पाँच प्रतिशत स्थान रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ । 

अमेरिकी सरकारले ठूलो संख्यामा चिनियाँ इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन र हुवावेलगायत ड्रोन कम्पनीलाई कालोसूचीमा समावेश गरेका कारण हुवावेको बजारमा निकै गिरावट आएको हो । कम्पनीलाई कालोसूचीमा समावेश गरिएपछि यसले अमेरिकी कम्पनीहरूको स्वामित्वको ‘प्याटेन्ट’ र स्रोत प्रविधिहरू साथै अमेरिकी प्रबिधि समावेश गर्ने अंशहरू खरीद गर्न सक्दैन ।

यसबाहेक कालोसूचीमा रहेका कम्पनीहरू सूचीकृत हुन सक्दैनन् । स्मार्टफोन र ट्याब्लेटको पार्ट्स पाउन नसक्दा हुवावेले नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन सक्दैन । सामसुङको ग्यालक्सी ट्याब एस–सेभेन लाइट हालै युरोपका धेरै देशहरूमा लोकप्रिय बनेको छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, यूरोपेली मुलुकहरूका शैक्षिक संस्थामाझ लोकप्रिय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ