३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए

१२ असार २०७८, शनिबार ०२:०८

असार १२, वार्सिलोना (एजेन्सी) । एन्टिभाइरस सफ्टवेयर उद्यमी जोन म्यकाफी स्पेनको बार्सिलोनास्थित जेलभित्रै मृत फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न मञ्जुरीसहितको आदेश दिएको केही घण्टालगत्तै उनी मृत अवस्थामा फेला परेको बताइएको छ ।

उनीविरुद्ध अमेरिकामा करछली गरेको आरोप लागेको छ । द क्याटलान न्याय विभागले ७५ वर्षीय उनलाई बचाउन औषधोपचार गरे पनि सफल नभएको बताएको छ । जेलभित्रै उनले आत्महत्या गरेको अड्कल गरिएको छ ।

प्रविधि संसारमा उनी विवादित अनुहार थिए । उनको कम्पनीले पहिलो व्यावसायिक एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्यकाफी भाइरस स्क्यानले कम्प्युटर संसारमा अर्बौँ डलरको उद्योगलाई सहयोग गरेको थियो । उक्त सफ्टवेयर प्रविधि कम्पनी इन्टेललाई सात अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरै मूल्यमा बिक्री गरिएको थियो ।


सन् २०२० को अक्टोबरमा टर्की जाँदै गर्दा उनी स्पेनमा समातिएका थिए । उनीमाथि चार वर्षसम्म करको विवरण नबुझाएको आरोप छ । उनले विभिन्न माध्यमबाट आर्जित लाखौँ सम्पत्तिको कर नतिरेको आरोप लागेको छ ।

कर नतिर्न उनले विभिन्न अन्य उपाय अपनाएको अमेरिकी न्याय विभागले जनाएको छ । त्यस्तै अरुकै नाममा सम्पत्ति आर्जन गरेको अभियोग पनि उनीमाथि लागेको छ । उनी बेलायतमा जन्मिएका थिए । सन् १९८० तिर उनले म्यकाफी भाइरस स्क्यान सार्वजनिक गरे। यद्यपि उनले कहिल्यै आफ्नो सफ्टवेयर आफ्ना कम्प्युटरमा प्रयोग नगरेको बताउँथे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड