२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या ३ करोड ४ लाख, कति छन् सक्रिय संक्रमित ?

२०७८, १७ असार बिहीबार ११:१२

असार १७, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।          

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।  

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार  ५८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ