२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको मृत्यु

२०७८, १७ असार बिहीबार १२:११

असार १७, ओट्टावा (रासस/सिन्ह्वा) | क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो । यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ । 

क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचार अनुसार मंगलबार मात्र क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ । क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।


तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन । 

क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ