२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको आकाशे पुलमुनि फँस्यो एयर इन्डियाको विमान !

२०७८, २० आश्विन बुधबार ०३:२९

असोज २०, नयाँ दिल्ली | एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

बिक्री गरिएको विमानलाई किनेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ । 

दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो ।  भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ । 

‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इन्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ । 


दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । 

भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फँस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ