१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेइटीका कार्यबाहक राष्ट्रपति हेनरीमाथि गोली प्रहार

२० पुष २०७८, मंगलवार ०५:०६

एजेन्सी | क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका छन्। उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन्।

हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ दौडिएको भिडियो सार्वजनिक भएको छ। घटनामा सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। को गोली हानी हत्याको प्रयास भएको छ। गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो।

गत जुलाई ७ मा हेइटीका राष्ट्रपति जोबेनल मोइजको आफ्नै निवासमा हत्या भएको थियो। मोइजको सरकारमा प्रधानमन्त्री रहेका हेनरी मोइजको हत्यापछि कार्यबाहक राष्ट्रपति बनेका हुन्।

मोइजको हत्या गर्ने आपराधिक समूहले नै हेनरीको पनि हत्या प्रयास गरेको विश्वास गरिएको छ। तर घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन। कार्यबाहक राष्ट्रपति हेनरीले आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रतिवद्धता जनाउँदै आएका छन्। घटना सार्वजनिक भएपछि कार्यबाहक राष्ट्रपतिको कार्यालयले पनि आतंकवादी समूहले हत्या प्रयास गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का