२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिडबाट बच्न नयाँ निर्देशन जारी !

२७ पुष २०७८, मंगलवार १०:१५

एजेन्सी | बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन्।

यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा पसल, मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ। त्यस्तै सभा समारोहहरू बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरूले यात्रुलाई सेवा दिँदा आधा मात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ ।यहाँको मन्त्रिपरिषदको सोमबारको बैठकले कोभिडबाट बच्नका लागि भन्दै यस्ता कडा कानुनहरू लागू गरेको हो।

त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जहाजबाट यात्रा गर्दा पनि उनीहरूले खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ। बंगलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही