2026-06-29 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

माघ १२, काठमाडौँ | फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।

यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने संक्रमितको संख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइएको हो ।यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना संक्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ ।

उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी