२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ औं जन्मदिनमा चौथो विवाह

२०७९, ८ माघ आईतवार ०५:५३

माघ ८, काठमाडौँ | चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको जानकारी दिएका छन् । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् ।


‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,’ एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं । हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं ।’

लिङ्क्डइन प्रोफाइलका अनुसार फौरले सन् १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि हासिल गरेकी थिइन् भने बज एल्ड्रिन भेन्चर्समा सामेल हुनुअघि युनियन कार्बाइड र जोनसन म्याथेका लागि काम गरेकी थिइन् । उनले क्यालिफोर्निया हाइड्रोजन बिजनेस काउन्सिलको कोषाध्यक्षको रूपमा पनि काम गरेकी छिन् ।

एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका थिए । एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन् । उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए । चन्द्रमाको सतहमा आफ्ना चालक दलका सदस्यहरू हिँडिरहेका बेला कमान्ड मोड्युलका पाइलट माइकल कोलिन्सको अप्रिल २०२१ मा र आर्मस्ट्रङ्गको सन् २०१२ मा निधन भएको थियो ।

सन् १९७१ मा नासाबाट अवकाश लिए पनि एल्ड्रिन अन्तरिक्ष अन्वेषणमा सम्लग्न रहँदै आएका छन् । अपोलो ११ अवतरण स्थल नजिकै चन्द्रमामा रहेको क्रेटरको नाम उनको सम्मानमा राखिएको छ । एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ