युक्रेन पुगे बोरिस जोन्सन, भन्छन्- पुटिन जति चाँडो हार्छन्, त्यति राम्रो

Posted on: 23 Jan, 2023

माघ ९, काठमाडौँ | बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रको भ्रमण गरेका छन्।

आइतबार बाेरिस किभ पुग्दा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उनलाई स्वागत गरेका थिए।


कन्जरभेटिभ पार्टीका सांसदले राष्ट्रपति जेलेन्स्कीको निमन्त्रणामा युक्रेन भ्रमण गर्न पाउनु आफ्नो ‘भाग्य’ भएको बताए।

कीभ पुगेपछि जोन्सनलाई युक्रेनका राष्ट्रपति र उनीसँगैका धेरै मन्त्रीहरूले स्वागत गरेका थिए।

जेलेन्स्कीले टेलिग्राममा लेखेका छन्, ‘म युक्रेनको सच्चा मित्र बोरिस जोनसनलाई कीभमा स्वागत गर्दछु। तपाईंको समर्थनको लागि धन्यवाद बोरिस!’

बोरिस जोनसनले राजधानी किभको उत्तरपश्चिममा रहेको बुचा र बोरोडिका सहरहरूको पनि भ्रमण गरे, जुन गत वर्ष मार्चमा रूसी सेनाले कब्जा गरेका थिए।

भ्रमणपछि जोनसनले भने, ‘युक्रेनका जनताको पीडा धेरै लामो समयसम्म चलेको छ। यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको युक्रेनले जतिसक्दो चाँडो जित्नु हो। पुटिन जति चाँडो असफल हुन्छन्, युक्रेन र विश्वको लागि राम्रो।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!