विमान उड्ने वि"/>
विमान उड्ने वि"/>
माघ १५, काठमाडौँ | लखनउबाट कोलकत्ता उडेको एयर एसियाको विमानमा चरा ठोक्किएको छ। लगत्तै विमान इमरजेन्सी अवतरण गरिएको भारतीय मिडियामा समाचार छ।
विमान उड्ने वित्तिकै घटना घटेको हो। चरा ठोक्किए पनि विमान दुर्घटना हुनबाट जोगिएको छ। अहिले यात्रुलाई अर्को उडानबाट पठाउने तयारी भइरहेको छ ।
भारतमा यसअघि यस्तै प्रकृतिको घटना १५ अक्टुबर २०२२ मा घटेको थियो। आकाश एयरलाइन्स बोइङ VT-YAE विमानमा चरा ठोक्किएपछि मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरिएको थियो।