४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विमानमा अर्धनग्न भएर चालकदलका सदस्य‍माथि आक्रमण गर्ने यात्रु नियन्त्रणमा

१९ माघ २०७९, बिहीबार ०५:५२

माघ १९, काठमाडौँ | युएईको अबुधाबीबाट मुम्बईका लागि उडेको विमानमा अभद्र व्यवहार देखाएपछि एक इटालियन यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनवरी ३० मा एयर विस्ताराको उडान नम्बर युके २५६ मा मादक पदार्थ सेवन गरी इकोनोमी क्लासकी ती यात्रुले बिजनेस क्लासमा जान खोजेपछि हंगामा मच्चिएको थियो।
जब चालक दलका सदस्यले उनलाई रोक्न खोजे त्यसपछि ती महिलाले चालक दलका सदस्यमाथि नै मुक्का प्रहार गर्दै थुक्न थालिन्। उनले आफ्ना केही लुगाहरू पनि फुकालिन् र आंशिक नग्न अवस्थामा विमानमा माथि र तल हिँडिन्।


त्यसपछि चालक दलका सदस्यहरूले अन्य यात्रुको सुरक्षाका लागि विमानभित्रै बाँधेर राखेका थिए। आरोपित महिलालाई मुम्बई आएलगत्तै सोमवार प्रहरीले पक्राउ गरेको थियो। पछि उनी धरौटीमा छुटिन्।
यसैबीच उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको भनाई छ।
यता एअर विस्ताराले भने ती महिलाको अविच्छिन्न उच्छृङ्खल आचरण र हिंसक व्यवहार रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रण गर्नुपरेको दाबी गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर विस्ताराका एक कर्मचारीले प्रहरीमा दिएको उजुरीमा ती महिलाले आफूलाई मुक्का हानेको र आफ्ना एक सहकर्मीलाई थुकेको दाबी गरिएको छ।
उक्त उजुरीअनुसार ती महिलाले इकोनमी क्लासको सीट छोडेर बिज्नेस क्लासमा बस्न गएपछि विमानका कर्मचारीले रोक्न खोजेका थिए।
ती महिलामाथि विमानभित्र कपडा फुकालेको र फोहोर गरेको आरोपसमेत लगाइएको छ।
एअर विस्ताराले एक विज्ञप्ति निकाल्दै विमानका चालकले ती यात्रुलाई चेतावनी दिए र आचरणका कारण उनलाई नियन्त्रणमा लिने निर्णय गरेको बताएको छ।
बीबीसीसँग कुरा गर्दै ती महिलाका वकिल प्रभाकर त्रिपाठीले उनलाई दिइएको सीट असजिलो भएकाले उनले अर्को खाली सीटमा सार्न अनुरोध गरेको र त्यसैमा विमानका कर्मचारीसँग विवाद भएको बताएका छन्।
आकाशमा विमान हल्लिएको कारण देखाउँदै उनलाई शौचालय पनि जान नदिइएको त्रिपाठीले बताए।
‘पछि उनलाई शौचालय जान दिइयो, तर फर्किएपछि उनलाई फेरि सीटमा बाँधियो’, त्रिपाठीले भने।
विमान भित्र दुर्व्यवहार गरेका कारण ती महिला कानुनी कारबाहीको दायरामा परेको मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले बताए।
‘हामीले उनलाई सूचना दियौँ र अदालतमा पेस गर्‍यौँ। त्यसपछि उनलाई जान दिइयो,’ मुम्बई प्रहरीका उपायुक्त दीक्षित गेदामले भने।
यसअघि गत महिना एअरइन्डियाको एउटा विमानमा एक महिला यात्रुको शरीरमा पिसाब फेरिदिएको आरोप लागेपछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता