टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १९ हजार भन्दा बढी

Posted on: 10 Feb, 2023

माघ २७, एजेन्सी | टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी १९ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेको छ ।

अत्यधिक चिसोका कारण चौथो दिनदेखि खोजीमा बाधा पुगेको छ । 

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्।

भूकम्पपछि आश्रयस्थल, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै पीडितहरूको मृत्यु हुनसक्ने जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले ‌बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!