४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई !

२९ माघ २०७९, आईतवार ०९:२४

माघ २९, काठमाडौँ | एजेन्सी | टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्।

७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए। ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ।

द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन्। टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ।

भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भन्दै टर्कीमा व्यापक जनआक्रोश छ। मृतकको संख्या बढ्दै गएका बेला सरकारले उक्त जनआक्रोशलाई मत्थर गर्न ठेकेदार पक्राउ गर्न थालेको हो।

विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।

अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो। भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्।  

टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता