२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो, ४८ जना पक्राउ

२०७९, २९ माघ आईतवार १२:०१

माघ २९, काठमाडौँ | टर्की (टुर्किए) का अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ । 

विभिन्न आठवटा प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको एनाडोलु समाचार संस्थाले लेखेको छ । 

दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जनालाई पक्राउ गरिएको छ भने गानियान्टेपमा एकजना पीडितलाई फोनमार्फत ठग्ने ६ जनालाई पक्राउ गरिएको छ । 

गत सोमवार आएको भूकम्पमा परी २८ हजारजनाको ज्यान गएको छ । 

टुर्किएका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले दक्षिणपूर्वी टर्कीका १० वटा प्रान्तमा तीन महिनाको संकटकाल घोषणा गरेका छन् । 

संकटकालबाट प्राप्त अधिकारपछि प्रहरीले लुटपाटका अपराधमा संलग्न व्यक्तिहरूलाई थप तीन दिन हिरासतमा राख्न पाउने भएका छन् । यसअघि उनीहरूलाई चार दिनसम्म हिरासतमा राख्न पाइन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ