२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

२०७९, ५ फाल्गुन शुक्रबार ०६:४८

फागुन ५, काठमाडौँ | रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो । 

मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चार जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो । साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ ।

गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवम् उन्मुक्ति नदिने घोषणा गरेको थियो । कूटनीतिक सुरक्षा एवम् उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ