२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी महिलाहरू बच्चा जन्माउन किन अर्जेन्टिना गइरहेका छन् ?

२०७९, ८ फाल्गुन सोमबार १०:५२

फागुन ८, काठमाडौँ | हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार गत बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा छन् ।


ती महिलाहरुले अर्जेन्टिनामा आफ्नो बच्चा जन्माउन चाहन्छन् ता कि बच्चालाई अर्जेटिनाको नागरिकता प्राप्त होस् । स्थानीय मिडियाहरुका अुनसार युक्रेनमा चलिरहेको युद्धका कारण रुसी गर्भवतीहरू सुत्केरी हुनका लागि अर्जेन्टिना जाने क्रम बढेको हो । बिहीबार एकसाथ ३३ महिलाहरु एकै उडानबाट अर्जेन्टिनाको राजधानी ओर्लिएकोमा तीन जनालाई कागाजत नपुगेको भन्दै रोकिएको थियो ।

अर्जेन्टिनी नागरिकताका लागि तिकडम

आप्रवासन एजेन्सीकी प्रमुख फ्लोरेन्सिया केरिगनेनोले स्थानीय पत्रिकालाई बताए अनुसार त्यसअघि पनि ३ रुसी गर्भवती महिलालाई रोकिएको थियो । उनीहरूले सुरुमा पर्यटकको रुपमा अर्जेन्टिना आएको बताएका थिए । तर पछि उनीहरुले आफूहरु पर्यटनका लागि अर्जेन्टिना नआएको आफैं स्वीकार गरेका थिए ।

ती महिलाहरू अर्जेन्टिनामा बच्चा जन्माउने उद्देश्यका साथ आएको र आफ्ना बच्चाले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने चाहेको उनले बताइन् ।

रुसी पासपोर्टको तुलनामा अर्जेन्टिनी पासपोर्टलाई विश्वमा धेरै मान्यता रहेको हुँदा रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिना जाने गरेको उनको दाबी छ ।

रुसी पासपोर्टले विश्वका ८७ देशमा मात्र भिसा नलिइकन यात्रा गर्न सकिन्छ भने अर्जेन्टिनाको पासपोर्टबाट यात्रा गर्दा विश्वका १७१ देशमा भिसा चाहिँदैन ।

बच्चा अर्जेन्टिनामा जन्मिएपछि बच्चाका बुवाआमाले पनि अर्जेन्टिनाकै नागरिकता पाउने प्रक्रिया सुरु हुन्छ । रुसी नागरिकलाई अर्जेन्टिना जाँदा भिसा लगाउनु पर्दैन ।

अर्जेन्टिनामा रुसी महिलाका लागि बर्थ टुरिज्म फस्टाउँदै गएपछि अर्जेन्टिनामा बच्चा जन्माउन चाहने रुसी महिलाका लागि रुसमा विभिन्न खालका प्याकेजसमेत सार्वजनिक हुने गरेका छन् ।

बीबीसीका अनुसार एउटा रुसी वेबसाइटले अर्जेन्टिनामा बच्चा जन्माउन चाहने महिलाहरुका लागि पर्सनलाइज्ड बर्थ प्लान, एयरपोर्टबाट पिकअप गरेर लैजाने, स्पेनिस सिकाउने तथा अर्जेन्टिनाको राजधानीका उत्कृष्ट अस्पतालमा बच्चा जन्माउन लाग्ने खर्चमा छुट गराउनेलगायतका अफरको विज्ञापन गरेको छ । त्यसका लागि पाँच हजार देखि १५ हजार डलर सम्मको प्याकेज दिइएको छ ।

युक्रेन युद्धपश्चात् रुसी नागरिकहरुलाई युरोपलगायतका पश्चिमी मुलुकको भ्रमणका लागि भिसाा पाउन कठिनाइ हुँदै गएको छ । युरोपेली युनियनका देशहरू समेतले हाल रुसी नागरिकका लागि भिसा जारी गर्नमा रोक लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते