ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

Posted on: 23 Feb, 2023

फागुन ११, काठमाडौं | चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ। 

भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।

सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!