२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए नेपालसहित १४१ देश

२०७९, १२ फाल्गुन शुक्रबार ०५:४१

फागुन १२, काठमाडौं | नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्।

बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए। नेपालका दुबै छिमेकी भारत र चीनसहित दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, बंगलादेश पनि मतदान सहभागी भएनन्। ३२ वटा मुलुकले मतदानमा सहभागी नभएको युएनन्युजले जनाएको छ।

शुक्रबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको छ। पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी