२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सवारी दुर्घटनामा एघार जनाको मृत्यु

२०७९, १२ फाल्गुन शुक्रबार ०९:००

फागुन १२, नयाँदिल्ली | मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति  मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् । 

 “हिजो राति भएको सडक दुर्घटनामा चार जना बालबालिकासहित ११ जनाको ज्यान गएको छ, घाइते १० जनालाई रायपुर अस्पताल भर्ना गरिएको छ”’ वरिष्ठ प्रहरी अधिकारी सिद्धार्थ बघेलले सञ्चारमाध्यमलाई भन्नुभयो । पीडितहरु अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए ।   

दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् । अधिक भार बोकेका सवारी साधन, जीर्ण सडक र लापरवाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष हुने पाँच लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ