२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

२०७९, १४ फाल्गुन आईतवार ०८:१५

फागुन १४, वासिङ्टन | अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि  राडारबाट हराएको विमान  दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ । 

दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।  यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन ।

निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी