४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

१४ फाल्गुन २०७९, आईतवार ०८:३९

फागुन १४, काठमाडौँ । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताउनुभएको हो । 

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनमा हार्नुपर्ने बताउँदै आउनुभएको छ । उहाँले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिनुभएको छ । उहाँको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् । 

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आउनुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुनः सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उहाँले कठोर प्रतिबन्धको माग गर्नुभएको हो । 

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाउनुभएको छ । “यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,” उहाँले भन्नुभएको छ । 

विश्वको आधाभन्दा बढी अर्थतन्त्र प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीन भन्नुभएको छ । उहाँले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्ल्ेख गर्दै विगतका प्रतिबन्धबाट  विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता