रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटा"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

१४ फाल्गुन २०७९, आईतवार १२:०७

फागुन १४, रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । 

आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार्य जारी थियो ।

एजीआई समाचार एजेन्सीले एक उद्धारकर्मीलाई उद्धृत गर्दै मृतकमध्ये केही महिनाको शिशु पनि रहेको जनाएको छ ।

आप्रवासीहरूको डुङ्गामा अत्यधिक लोड भएको र सम्द्रमा व्यापक छाल आएका कारण डुबेको बताइएको छ।

इटालियन तटरक्षकसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतित्रयिा दिन अस्वीकार गरेका छन् ।

इटालीकोसरकारले आप्रवासीको उद्धारसम्बन्धी विवादास्पद नयाँ कानुन संसदबाट पारित गरेको केही दिनपछि यस्तो पछिल्लो त्रासदी आएको हो ।

इटालीको दक्षिणपन्थी सरकारका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अक्टोबरमा आंशिक रूपमा इटालियन तटमा पुग्ने आप्रवासीहरूको प्रवाहलाई रोक्ने प्रतिवद्धतापछि सरकारमा बहुमत प्राप्त गर्नुभएको थियो । उहाँ इटालीको फासिस्ट ब्रदर्स पार्टीका नेता हुनुहुन्छ । 

नयाँ कानुनले आप्रवासीको सहायताका लागि एक पटकमा एउटा मात्र डुङ्गा उद्धार प्रयास गर्न बाध्य बनाएको छ । आलोचकहरूले मध्य भूमध्यसागरमा डुब्नेहरूको सङ्ख्या बढाउने खतरा रहेको बताउनुभएको छ । 

युरोपमा शरण लिन चाहनेहरूका लागि यो मार्ग संसारकै सबैभन्दा खतरनाक मार्ग मानिन्छ ।

द्वन्द्व र गरिबीबाट भागेर युरोपमा राम्रो जीवनको आशासहित ठूलो सङ्ख्यामा मानिसहरू अफ्रिकाबाट इटाली हुँदै यूरोप र अमेरिका जाने गर्छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता