फागुन १७, काठमाडौँ | ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । ८५ भन्दा बढी घाइते भएका छन् ।
मध्य ग्रिसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका हुन् ।
बीबीसीका अनुसार यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु रहेका जसमध्ये २५० जनाको उद्दार गरिएको छ ।
दुर्घटना कसको गल्तीले भएको हो भन्ने खुल्न सकेको छैन ।
एथेन्सबाट थेसालोनिकी जाँदै गरेको यात्रु बाहक ट्रेन र थेसालोनिकीबाट लारिसा जाँदै मालवाहक ट्रेनको बिचको उक्त ठक्करका कारण यात्रुवाहक ट्रेनका चार वटा डिब्बा लिग भन्दा बाहिर पुगेको रिपोर्टमा उल्लेख छ ।
ट्रेनको ठक्करका कारण आगलागी समेत भएको थियो।
थेसालोनिकका गवर्नर कन्स्टान्टिनोसलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुर्घटनापछि भग्नावशेष चारैतिर फैलिएकोले उद्धार कार्यमा कठिनाइ आइरहेको छ ।