४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु

२२ फाल्गुन २०७९, सोमबार ०८:३९

फागुन २२, काठमाडौं | पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ।  पाकिस्तानका अधिकारीका अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको जनाइएको छ।

घटना बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हो।मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दु रिपोर्टका अनुसार सो घटनामा ११ बढि घाइते भएका छन्।

एक अधिकारीका अनुसार कम्बरी पुल नजिकै बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई एक मोटरसाइकले ठक्कर दिएको थियो। गाडीमा सावर सुरक्षाकर्मी आइतबार सिबी मेलाबाट ड्युटी सकेर फर्किदै थिए।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विष्फोटको निन्दा गर्नुका साथै यसलाई आतंकवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-बलुचिस्तानलाई अशान्ति र अस्थिरता सृजना गरेर पछाडि धकेल्न षडयन्त्र भइरहेको छ। यस्ता षडयन्त्रलाई जनताको सहयोगले असफल बनाइनेछ।'

पाकिस्तानमा पछिल्लो समयमा सुरक्षाकर्मीलाई निसाना बनाइ आक्रमण भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता