टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग

Posted on: 08 Mar, 2023

फागुन २४, काठमाडौँ | फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका हुन् ।


रोनाल्डोले टर्की र सिरियाको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्न पाल, खाना प्याकेज, तकिया, कम्बल, ओछ्यान, बच्चाको खाना, दूध, र चिकित्सा सामग्रीलगायतका लागि ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग गरेका हुन् ।

विगतमा पनि  उनले बच्चाको मस्तिष्कको शल्यक्रियाको ८३ हजार अमेरिकी डलर कोष तिरेर र आफ्नो जन्मस्थान पोर्चुगलस्थित क्यान्सर केन्द्रमा  एक लाख ६५ हजार दान गरेर आफ्नो उदारता देखाइसकेका छन् ।  सेभ द चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनका लागि राजदूतका रूपमा काम गरेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतालहरूलाई पनि १० लाख डलर सहयोग गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!