२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग

२०७९, २४ फाल्गुन बुधबार ०९:४१

फागुन २४, काठमाडौँ | फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका हुन् ।


रोनाल्डोले टर्की र सिरियाको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्न पाल, खाना प्याकेज, तकिया, कम्बल, ओछ्यान, बच्चाको खाना, दूध, र चिकित्सा सामग्रीलगायतका लागि ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग गरेका हुन् ।

विगतमा पनि  उनले बच्चाको मस्तिष्कको शल्यक्रियाको ८३ हजार अमेरिकी डलर कोष तिरेर र आफ्नो जन्मस्थान पोर्चुगलस्थित क्यान्सर केन्द्रमा  एक लाख ६५ हजार दान गरेर आफ्नो उदारता देखाइसकेका छन् ।  सेभ द चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनका लागि राजदूतका रूपमा काम गरेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतालहरूलाई पनि १० लाख डलर सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते