२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

२०७९, २५ फाल्गुन बिहीबार ०६:४४

फागुन २५, किएभ | रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभएको छ । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ । आक्रमणबाट भएको क्षति एवम् हताहतिबारे  विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भएको छ ।

खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट विद्युत् आपूर्तिमा समस्या भएको बताउनुभएको छ । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभएको छ । भाग्यवश आफ्नो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले उल्लेख गर्नुभएको छ । 

स्थानीय सैन्य प्रशासनका अनुसार किभए क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । 

यसैबीच, किएभका नगरप्रमुख भिटाली क्लित्सकोले देशका विभिन्न भागमा हवाई आक्रमण भइरहेका बेला राजधानीमा पनि विष्फोट भएको जानकारी दिनुभएको छ । राजधानीको होलोसिम्स्की जिल्लामा विष्फोट भएको जनाउँदै उहाँले सुरक्षा निकाय तथा सेवा प्रदायकहरू घटनास्थलतर्फ प्रस्थान गरेका बताउनुभएको छ । 

औद्योगिक शहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको बुधबार जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । बाख्मुत दुश्मनको कब्जामा आएमा रुस अझ उत्साहित हुने भन्दै युक्रेनले शत्रुलाई रोक्न हरप्रयास गर्नुपर्नेमा जोड दिएको छ । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले बाख्मुतमा बुधबार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ