४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’

२५ फाल्गुन २०७९, बिहीबार १०:५६

फागुन २५, संयुक्त राष्ट्रसङ्घ | चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम  अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता दिनुपर्ने बताउनुभयो । 

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ताका निम्ति आह्वान गर्नुभएको हो । सन् २०२१ को अगष्टमा अतिवादी समूह तालिवानले काबुल कब्जा गरेर सत्ता सम्हालेपछि अमेरिकाले अफगानिस्तानको रकम रोक्का गरेको हो । 

न्युयोर्कको एक अदालतले गत महिना गरेको आदेशलाई उद्धृत गर्दै उपप्रमुख गेङले अफगानी सम्पत्ति रोक्का गर्नु अनुचित भएको बताउनुभयो  । अफगानिस्तानको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा यसअघि जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नमिल्ने आदेशसहित दिएको थियो । दुई दशकअघि सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कमा भएको आतङ्कवादी हमलाबाट पीडित परिवारको उक्त रकम जफत गर्नुपर्ने माग अस्वीकार गरेको थियो ।

अमेरिकाको इतिहासमा भएको हालसम्मको सबैभन्दा त्रासदीपूर्ण आतङ्कवादी आक्रमणका दोषीबाट क्षतिपूर्ति भराउने अधिकार पीडित परिवारलाई भए पनि अफगानिस्तानको केन्द्रीय बैंकको रकम जफत गर्ने अधिकार नभएको आदेशमा उल्लेख गरिएको थियो । आतङ्कवादी हमला अफगान जनता वा अफगानिस्तानले नगरेकाले तालिबानले नै जघन्य आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने  फैसला सुनाइएको थियो । 

बाइस वर्षअघि १९ जना आत्मघाती आक्रमणकारीले अपहरण गरेका चारवटा विमान न्यूयोर्कका ट्वीन टावर, वासिङ्टन डिसीमा रहेको अमेरिकी रक्षा मन्त्रालयमा ठोक्काइएको थियो । उक्त हमलामा विमानमा रहेका यात्रीसहित झण्डै तीन हजार जनाको मृत्यु भएको थियोभने  छ हजारभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता