२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

होलीमा घर गएकी थिइन् डाक्टर सुमेधा, प्रेमीले गरिदिए हत्या

२०७९, २६ फाल्गुन शुक्रबार ११:५१

फागुन २६, काठमाडौँ | जम्मूमा एक महिला डाक्टरलाई उनका प्रेमीले चक्कु हमला गरेर हत्या गरेका छन् । युवकले प्रेमिकाकाे हत्या गरेपछि आत्महत्या गर्ने प्रयास पनि गरे । सूचना पाएपछि पुगेको प्रहरीले घाइतेलाई अस्पताल भर्ना गरेका छन् । साथै, मुद्दा दर्ता गरेर यो घटनाको छानबिन सुरु गरेका छन् ।

महिलाको पहिचान डाक्टर सुमेधा शर्माको रूपमा भएको छ । यस्तै आरोपीको पहिचान डोडा जिल्ला निवासीजौहरगनईको रूपमा भएको छ।


आरोपीका एक आफन्तले प्रहरीलाई जानकारी दिएपछि यो घटना थाहा भएको हो । ती आफन्तले जौहर गनईले फेसबुक पोस्टमा केही निजी कारणले आफ्नो जीवन लीला समाप्त गर्न लागेको भनेर लेखेको भन्दै प्रहरीलाई जानकारी दिए ।

सूचना पाएपछि प्रहरी जम्मूको जानीपुरस्थित जौहरको घर गए । घरको गेट बाहिरबाट बन्द थियो । प्रहरी घरभित्र जाँदा महिला डाक्टर सुमेधाको शव रगतले लत्पत्तिएको भेटे जबकि आरोपीको पेटमा गम्भीर चोटको निशान थियो । प्रहरीले दुबैलाई तत्काल अस्पताल पुर्‍याए ।

प्रहरीले कानुनी औपचारिकता पूरा गरेपछि युवतीको शव उनको परिवारलाई सुम्पिएको छ । आरोपीको स्थिति गम्भीर छ र सरकारी मेडिकल कलेज जम्मूमा उनको उपचार चलिरहेको छ । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । यसबारे अनुसन्धान जारी छ । स्रोतका अनुसार मृतक सुमेधा शर्मा र आरोपी जौहरबीच प्रेम सम्बन्ध थियो । उनीहरुले जम्मूको एक डेन्टल कलेजबाट ब्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) गरेका थिए । सुमेधा हाल जम्मू–कश्मीरभन्दा बाहिर एक कलेजबाट एमडीएस गरिरहेकी थिइन् ।

सुमेधा होलीको छुट्टीमा जम्मू गएकी थिइन् र ७ मार्चमा उनी जानीपुरमा आफ्नो प्रेमी जौहरको घर गएकी थिइन् जहाँ यी दुईबीच केही मुद्दामा झगडा भयो र त्यति बेला जौहरले भान्सामा प्रयोग गरिनेचक्कुमार्फत् सुमेधाको हत्या गरिदिए र त्यही चक्कुले आत्महत्या गर्ने कोसिस गरे । आरोपी र मृतक दुबै परिवारले घटनाबारे केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ