२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

२०७९, २८ फाल्गुन आईतवार १०:३५

फागुन २८, तेलअविव | न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।  

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अङ्कुश लगाउने परिवर्तनबाट सरकारका अङ्गहरूबीच सन्तुलन कायम हुने दाबी गर्नुभएको छ । विपक्षीहरूले भने त्यसबाट लोकतन्त्र जोखिममा पर्ने बताएका छन् । शनिबारको जुलुसलाई विपक्षी नेता यायर लापिडले इजरायलको इतिहासमा सबैभन्दा ठूलो सङ्कट भन्नुभएको छ । 

शनिबारको विरोध प्रदर्शनमा पाँच लाख सर्वसाधारण सहभागी भएका विरोधप्रदर्शनका  आयोजकहरूले दाबी गरेका छन् । देशको सबैभन्दा ठूलो शहर तेलअविवमा दुई लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका थिए । जुलुसमा सहभागी तामिर गुयत्साब्रीले  सरकारी योजना  न्यायिक सुधार नभएको बताउँदै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने टिप्पणी गरेका छन् । उनले आफ्ना सन्तानको स्वतन्त्रताका निम्ति सडकमा आउनुपरेको बताएका छन् । 

त्यसैगरी उत्तरी शहर हाइफामा ५० हजारभन्दा बढी जुलुसमा सहभागी भएका थिए । विरोधप्रदर्शन सरकारी योजनाहविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको दशौँ हप्तामा प्रवेश गरेको छ । दक्षिणी शहर बेरशेवा आयोजित जुलुसमा विपक्षी नेता लापिडले देशले अभूतपूर्व सङ्कटको सामना गरिरहेको बताउनुभयो । 

“आतङ्कवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्तप्रायः भएको छ, देशबाट पैसा पलायन भइरहेको छ । इरानले साउदी अरबसँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ तर हाम्रो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने प्रयास जारी राखेको छ,” तिक्ततापूर्ण इजरायल–इरान सम्बन्धको सन्दर्भ कोट्याउँदै लापिडले भन्नुभयो । 

यसैबीच, अर्को एक घटनामा इजरायली सेनाले वेस्ट बैंक शहर नाब्लस नजिकै तीन सशस्त्र प्यालेष्टिनीलाई गोली हानी मारेको इजरायली सेनाले जनाएको छ । बन्दुकधारीहरूले इजरायली सेनाको चौकीमा गोली चलाएपछि सेनाले जवाफी कारबाही गरेको थियो । प्यालेस्टिनी अधिकारीहरूले घटनाबारे कुनै टिप्पणी गरेका छैनन् ।  हालैका महिनामा प्यालेष्टाइन र इजरायलबीच हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ