२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उडिरहेको विमानमा यात्रुले चुरोट सल्काएपछि…

२०७९, २८ फाल्गुन आईतवार ११:०४

फागुन २८, काठमाडौँ | मुम्बईमा प्रहरीले उडानको क्रममा चुरोट पिएको आरोपमा ३७ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार अमेरिकी नागरिक रमाकान्तले विमानको शौचालयमा चुरोट पिएर सहयात्रुसँग दुर्व्यवहार गरेका थिए ।

यो घटना शनिबार लण्डनबाट मुम्बईको उडानका क्रममा भएको हो । विमानका चालक दलले आरोपितले विमानको ढोका पनि खोल्ने प्रयास गरेको आरोप लगाएका छन् ।


मिडियालाई जारी गरेको विज्ञप्तिमा एयरलाइन्सले भनेको छ, “हाम्रो लन्डनदेखि मुम्बईको उडानको क्रममा एक व्यक्तिले शौचालयमा धुम्रपान गरेको भेटिएको थियो। उनले पछि आक्रामक र अशिष्ट व्यवहार गरेका थिए। उक्त व्यक्तिलाई मुम्बई आइपुगेपछि प्रहरीको जिम्मा लगाइएको थियो। हामी अनुसन्धानमा पूर्ण सहयोग गरिरहेका छौं।”

एयर इन्डियाका चालक दलका सदस्यले पुलिसलाई भनेका छन् कि एक व्यक्तिले चुरोट पिएपछि अलार्म बज्यो र चालक दलका सदस्यहरू तुरुन्तै शौचालय नजिक पुगे।

चालक दलको दाबी छ कि मानिसको हातमा चुरोट थियो, जुन तुरुन्तै उसको हातबाट हटाइएको थियो र मानिसलाई कुनै न कुनै रूपमा आफ्नो सिटमा लगियो।

सम्बन्धित व्यक्तिले विमानको ढोका पनि खोल्ने प्रयास गरेको चालक दलको दाबी छ । ती व्यक्तिले नियन्त्रण बाहिर निस्कन खोज्दा चालक दलका सदस्यले हात बाँधेर सिटमा बाँधे ।

मुम्बई पुलिसका अनुसार रमाकान्त विरुद्ध आईपीसीको धारा ३३६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबाहेक विमान ऐनका धाराहरू पनि लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते