रोम | लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोम | लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइत"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

२०७९, २९ फाल्गुन सोमबार ११:०४

फागुन २९, रोम | लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । 

लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ । 

“आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई (कार्गो) पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,” तटरक्षकले बताएका छन् । 

इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो ।

यो डुङ्गा दुर्घटनाले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको नेतृत्वमा रहेको दक्षिणपन्थी सरकार रक्षात्मक अवस्थामा पुगेको छ र यसले आप्रवासीहरूलाई बचाउन समयमा हस्तक्षेप गर्न असफल भएको भन्ने तीव्र आलोचनालाई रोक्न प्रयास गरिरहेको छ ।

इटालीको तटीय क्षेत्रतर्फ जाने जोखिमपूर्ण सेन्ट्रल मेडिटेरेनियन क्रसिङमा आप्रवासीको बढ्दो सङ्ख्या बढेपनि आइतबारको उद्धारले मृत्युको दोष कसको थियो भनी प्रश्न उठ्ने निश्चित छ ।

इटालीको तटरक्षक बलले डुङ्गा लिबियाको खोज तथा उद्धार क्षेत्रमा रहेको र यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको बताएको छ । 

रोमले लामो समयदेखि हरेक वर्ष डुङ्गाबाट युरोप पुग्न खोज्ने दशौं हजार आप्रवासीहरूको मार खेपिरहेको गुनासो आफ्ना ईयू साझेदारहरूसँग गर्दै आएको छ । 

आप्रवासी डुङ्गाहरूको निगरानी समूहले बेन्गाजीबाट करिब १६० किलोमिटर उत्तरपश्चिममा डुङ्गा सङ्कटमा परेको गराएको थियो । त्यसपछि इटालियन अधिकारीहरूलाई स्थानीय समयअनुसार शनिबार बिहान ११ः१८ बजे सचेत गराइएको थियो ।

जर्मन गैरसरकारी संस्था ‘सी वाच’को एक निगरानी विमानले पनि डुङ्गालाई देखेको थियो र त्यो ‘जोखिमयुक्त भीडभाड र डरलाग्दो छालमा’ रहेको बताएको थियो । 

इटलीको तटरक्षर्कले एक विज्ञप्ति जारी गर्दै सचेतनाका लागि बज्ने फोनको घण्टीले रोमको उद्धार समन्वय केन्द्र, माल्टाली र लिबियाली अधिकारीहरूलाई डुङ्गाको बारेमा सूचित गरेको पुष्टि गरेको छ । 

‘सी वाच’को चेतावनीपछि डुङ्गातर्फ गएको एक व्यापारिक जहाजले खराब मौसमका कारण डुङ्गाको उद्धारमा कठिनाइ भएको बताएको तटरक्षकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते