यूएसएनआई नामक न्युज वेबसाइटल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यूएसएनआई नामक न्युज वेबसाइटल"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिनियाँ रकेट नेपालको आकाशमा डढेर नष्ट भएको अमेरिकाको दाबी

१ चैत्र २०७९, बुधबार ०७:५१

चैत १, काठमाडौँ | अन्तरिक्षमा गुप्तचर भूउपग्रह पठाउनका लागि उपयोग गरिएको चिनियाँ रकेटका अवशेषहरू नेपालको आकाशमाथि डढेर नष्ट भएको यूएसएनआई नामक न्युज वेबसाइटले खबर दिएको छ । 

यस्तै किसिमको घटना गत साता अमेरिकाको टेक्ससमा पनि भएको उक्त वेबसाइट लेख्छ । 

चाङ चङ २डी लंग मार्च रकेट २०० भन्दा बढी दिन अन्तरिक्षमा रहेपछि वायुमण्डलमा पुनः प्रवेश गरेको थियो र नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो, अन्तरिक्ष भौतिकशास्त्री जोनाथन मकडावेलले यूएसएनआईलाई बताए । 

चार टन तौलको अन्तरिक्ष कुडाकर्कट चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनको वाई–६५ मिसनको एक अंग थियो । त्यसले तीनवटा सैन्य विद्युतीय निगरानी भूउपग्रहहरू गत जुलाई २९ मा मध्य चीनको सिचाङ भूउपग्रहीय प्रक्षेपण केन्द्रबाट पठाएको मकडावेलले यूएएनआई न्युजलाई बताए । 

मकडावेलका अनुसार, चिनियाँ रकेट पश्चिम नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो । 

‘चिनियाँहरूले यो रकेट प्रक्षेपण गर्दा सन् २०२३ मै कुनै समयमा संसारको कुनै ठाउँमा रकेट पुनः प्रवेश गर्ने योजना बनाएका थिए,’ मकडोवेल बताउँछन्, ‘त्यो त्यति राम्रो वा विशिष्ट योजना त हैन तर एक किसिमको योजना चाहिँ हो ।’

चीनले अन्तरिक्षमा छोडेका कुडाकर्कटलाई अनियन्त्रित रूपमा वायुमण्डलमा पुनः प्रवेश गर्न दिने गरेको भन्दै आलोचना गर्ने गरिएको छ । गत नोभेम्बर महिनामा लंग मार्च ५ रकेटको २३ टन भाग प्रशान्त महासागरमा अनियन्त्रित रूपमा खसेको थियो । तर त्यसअघि संसारभरि चेतावनी जारी गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता