४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तान : इमरान खानलाई पक्राउ गर्न नसकी फर्कियो प्रहरी

१ चैत्र २०७९, बुधबार ११:०९

चैत १, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनकै घर पुगेको प्रहरी बल खाली हात फर्केको छ । 

खानका समर्थकहरूले प्रहरीको प्रतिकार गर्दै इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रूग्यास प्रहार गरेको थियो । 

मंगलवार खानलाई पक्राउ गर्न पुगेको प्रहरीले समर्थकहरूसँग बुधवार पनि भिडन्त गरेको थियो । लाहोरको जमान पार्कस्थित घरमा पक्राउबाट बच्नका लागि इमरान बसिरहेका छन् । 


तर खानले मार्च महिनाको अन्त्यतिर अदालती पुर्पक्षका लागि उपस्थित हुने एउटा प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् । 

खानविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपका सम्बन्धमा प्रहरीले पक्राउपुर्जी थमाउन खोजेको थियो । तर खानका समर्थकहरूले मानव ब्यारिकेड बनाएर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन् । 

बुधवार सुरक्षाकर्मीहरू फर्किएपछि अब खानलाई फेरि पछि पक्राउ गर्न कोशिश गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छैन । 

ट्विटरमा खानले आफ्नो घरबाहिर प्रहरीले प्रहार गरेको गोलीको खोकाको तस्वीर राख्दै निहत्था जनतामाथि प्रहरीबाट गोली प्रहार भएको आरोप लगाएका छन् । आफूलाई अपहरण गरी हत्या गर्न खोजिएको दाबी पनि उनले गरेका छन् । 

खानलाई पक्राउ गर्ने क्रममा भएको हिंसामा परी ३४ प्रहरी अधिकृत सहित ६९ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता