२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

१०७ औँ लक्ष्मी जयन्तीमा कविता र खेलकुद

२०७२, १७ कार्तिक मंगलवार २२:०७

कात्तिक १८, तेह्रथुम । केही वर्ष यता कला, साहित्य र खेलकुदका क्षेत्रमा क्रियाशील रहँदै आएको तेह्रथुमको ईवा गाविसमा अवस्थित चम्किलो तारा युवा क्लबले यसवर्षको लक्ष्मी जयन्तीका अवसरमा खुल्ला कविता गोष्ठी सहित शुभकामना आदानप्रदान, खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली साहित्यका महाकवि स्व.लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्म जयन्तीका अवसरमा कार्तिक २३, २४ र २५ गते कविता गोष्ठी, नृत्य प्रतियोगिता र अन्डर सेभेन्टिन पुरुष फुटबल प्रतियोगिताका साथमा मनोरन्जनात्मक कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष रत्नबहादुर कालिकोटेले जानकारी दिनुभयो । जयन्तीका अवसरमा आयोजित कविता गोष्ठीमा जो कोहीले पनि नेपाली भाषामा लेखिएका कविता बाचन गर्न पाउनेछन् । गोष्ठीमा उत्कृष्ट कवितालाई पुरस्कार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ । यस्तै नृत्य प्रतियोगितामा पनि ह्वाकु, ईवा र छातेढुंगाका विभिन्न संघसंस्था, क्लब र कलाकारहरुको सहभागिता रहनेछ । यस्तै अन्डर सेभेन्टिन फुटबलमा गाविसका ९ वटा वडाका खेलाडी बीच प्रतिष्पर्धा गराईने क्लबका सल्लाहकार तथा जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नरेन्द्रकुमार ईङनामले बताउनुभयो ।

वि.स.२०६७ सालमा स्थापित क्लबले २०६९ सालबाट ‘विकसन’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ । मोफसलबाट पत्रिका प्रकाशन गर्न निकै चुनौती पुर्ण भएपनि गाउँमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने ध्येयले पत्रिका प्रकाशनको प्रयत्न गरिएको सम्पादक प्रकाश धौलाकोटीले बताउनुभयो । पत्रिका प्रकाशनका लागि यस क्षेत्रका साहित्य तथा शिक्षाप्रेमीहरुले सहयोग गरेका छन् । नेपाली साहित्यकै क्षेत्रमा पनि निकै अगाडि देखिएको यसक्षेत्रमा अहिले पनि गाउँदेखि केन्द्रसम्म रहेर दर्जनौँ कवि तथा श्रष्टाहरु क्रियाशील सृजना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न