2026-07-24 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

चैत ३, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयको कर्मचारी कल्याण शाखाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा उजागर गर्न ‘प्रतिभा डबली कार्यक्रम सञ्चालन  कार्यविधि, २०७९’ बमोजिम प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कर्मचारी कल्याण शाखाकी शाखा अधिकृत शिला सापकोटाले निजामती कर्मचारीभित्र रहेको नविन सोच÷इनोभेटिभ आइडियालाई उजागर गर्नका लागि कर्मचारी प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “कर्मचारीभित्र लुकेर रहेका नविन सोच÷इनोभेटिभ आइडियालाई राष्ट्रसेवामा उपयोग गर्नेगरी मन्त्रालयले उक्त कार्यक्रमलाई अगाडि बढाएको हो”,  शाखा अधिकृत सापकोटाले भन्नुभयो ।

कर्मचारी कल्याण शाखाले प्रतिभा डबली कार्यक्रममा इनोभेटिभ आइडिया प्रस्तुत गर्ने निजामती कर्मचारीलाई ३० दिनभित्र इनोभेटिभ आइडिया र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

सो शाखाका शाखा अधिकृत हरिनारायण शर्माले निजामती कर्मचारीको व्यक्तित्व विकास गराई सार्वजनिक सरोकारका विषयमा नविन सोच÷इनोभेटिभ आइडिया पहिचान र उपयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँले उक्त कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारील अनलाइनमार्फत अनलाइन प्रस्ताव पेश गर्न सक्ने बताउनुभयो ।  

नविन सोच÷इनोभेटिभ आइडिया पेश गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने शाखा अधिकृत शर्माको भनाइ छ । उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने सो शाखाले जनाएको छ ।

प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने शर्माले बताउनुभयो । एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन नपाइने बताइएको छ ।

यस्तै, प्रतियोगीले आफ्नो प्रस्ताव पेश गर्ने क्रममा अडियो÷भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने सो शाखाले जनाएको छ । सो मन्त्रालयले गत वर्ष पनि चारवटा आइडिया छनोट भई पुरस्कृत गरिसकेको छ भने आइडियाको कार्यान्वयन सम्भावनाबारे अध्ययन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक