2026-11-28 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

2026-07-24

काठमाडौँ | झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ