२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोकगायक लम्सालको अन्त्येष्टि गरियो

२०७९, ३ चैत्र शुक्रबार ११:५८

चैत ३, काठमाडौँ | लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो ।

तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र अस्तु पनि उतै लगेर विसर्जन गर्ने तय भएको गायक लम्सालका भान्जा दीपेन्द्र रेग्मीले जानकरी दिनुभयो । चलचित्र निर्मातासमेत रहनुभएका रेग्मीका अनुसार गायक लम्सालको तीन श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

लम्साल लोक गायन क्षेत्रका पाका गायक मानिनुहुन्छ । स्पेनमा बस्दै आउनुभएका लम्सालको गत फागुन २३ गते ६० वर्षको उमेरमा मृत्यु भएको थियो । स्पेनमा  ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ‘आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीतमार्फत उहाँ स्थापित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति