१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री दाहालले जनबिरोधी र राष्ट्रबिरोधी काम गरिरहेका छन्ः नेता गजुरेल

६ चैत्र २०७९, सोमबार ०६:०१

चैत ६, काठमाडौँ | मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउनुभएको छ । आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताउनु भयो ।  उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताउनु भयो।

उनले भने, ‘क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन । उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् । हामीले जनताका बीचमा लगेर अब यी सबैकुरालाई नंग्याउन जरुरी छ । यो भन्दा अघि यति धेरै अत्याचार, शोषण, महंगी, बेराजगारी भएको थिएन । तर अहिले गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनेर संविधान लेखे तर समाजवादउन्मुख व्यवस्थाले सबैभन्दा बढी बेरोजगार बनाएको छ ।’

उहाँले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाउनु भयो । उहाँले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताउनु भयो । उहाँले माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पार्नुभयो । नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताउनु भयो । उहाँले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताउनु भयो । उहाँले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताउनु भयो । उहाँले जनयुद्धमा भएका घटना अदालतले हेर्नेगरी योजना बनाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुःखका साथ भन्नुपर्छ । बिडम्वना नै भन्नुपर्छ की प्रचण्ड र बाबुरामहरुले जे गरे त्यो प्रतिक्रान्ती थियो । उनीहरुले आत्समर्पण गरे । वर्गिय र दुश्मनकोबिरुद्धको आत्मसमर्पण उनीहरुले गरिसकेपछि क्रान्तीले धक्का खायो । अहिले दुश्मनहरुले यति हेपेको छ क्रान्तीकारी शक्तिलाई की यहाँ दुई जना अदालतका न्यायाधीशहरुले फैसला गरे । उनीहरुले अब जनयुद्धमा भएका घटनाहरुमा न्याय दिनका लागि पहिला सत्य निरुपण तथा मेलमिलापमा लगेर मुद्दाहरुको समाधान गर्ने भन्ने थियो अब त्यो हुँदैन । किनभने १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्छ । अपराधी जस्तो गरेर उनीहरुलाई फैसला गर्ने उनीहरुले योजना बनाएका छन् । जनयुद्धलाई उनीहरुले कसरी व्याख्या गरिरहेका छन् ? जनयुद्धका घटनामा माओवादीलाई दोष लगाइ फौजदारी अभियोगमा कारबाही गर्नुपर्छ भनिएको छ । आफ्नो निर्णय सुनाए । यो जनयुद्धप्रतिको अपमान हो, जनयुद्धलाई अपराधीकरण गरिएको छ । यस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ । किनभने त्यो बेलाको नेतृत्वले त्यसले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ । पूर्वमाओवादीको समस्या हो भनेर सोच्यौँ । जनयुद्धलाई शान्तिप्रक्रियाद्वारा समाधान गर्ने प्रक्रिया माओवादीको मात्रै काम होइन, अरुको पनि हो । तर उनीहरुल अहिले तमासे बनेका छन्, जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा गएका छन् । पूर्वमाओवादीहरुले सल्लाह गरेको थियौँ । सरकारी माओवादी र बिद्रोही माओवादीको बीचमा सल्लाह गरेका थियौँ । एउटै घानमा हाल्छौँ भनिसकेपछि सरकारी माओवादी र बिद्रोही माओवादीबीच छलफल भयो ।’

माओवादी धारका नेताहरुक एक नभएको दाबी गर्दै उनले कार्यगत एकताका लागि छलफल गरेपनि सफल नभएन स्पष्ट पार्दै उहाँले भन्नुभयो,‘माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन । सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो । क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन । उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् ।’

नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपाराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी