2026-10-18 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु

2026-06-13

काठमाडौँ | सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका स्थानीय गोडैता नगरपालिका वडा नम्बर ९ का ७० वर्षीय अहमिद मन्सुरको उपचारको क्रममा मृत्यु भएको हो।

गत जेठ २२ गते छिमेकी श्रीचन महतो र अहमिद मन्सुरबीच जग्गा सम्बन्धी विवाद भएको थियो। सो क्रममा श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुर लगायतले उनलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कुटपिट घटनामा संलग्नमध्ये रमजान मंसुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेका श्रीचन महतो र सुशील महतो फरार रहेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु