१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

६ चैत्र २०७९, सोमबार ०८:५२

चैत ६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो ।

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा रू ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ । 

फागुनमा मात्रै रू दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ ।  उक्त शीर्षकमा कार्यालयले रू पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा रू चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा रू एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी