२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

२०७९, ८ चैत्र बुधबार १२:०७

चैत ८, काठमाडौं | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ ।    

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ ।   

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७ हजार चार कित्ता शेयर रु एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु नौ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।    

त्यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २४ लाख ९५ हजार चार सय ९४, हिमालयन डिस्टिलरीको रु चार करोड ५० लाख ५५ हजार चार सय ८७,  नविल बैंकको शेयर रु तीन करोड ६३ लाख ८७ हजार चार सय २५ र शिवम् सिमेन्टको रु तीन करोड ५५ लाख २७ हजार चार सय ६४ बराबरको शेयर कारोबार भएको छ ।    

आजको कारोबारमा मायाँ खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको छ दशमलव ११, स्वाभिमान लघुवित्तको तीन दशमलव ६३ र इस्र्टन हाइड्रोपावरको तीन दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ । 

साथै आजको कारोबारमा बोट्लर्स नेपाल (तराई)को सात दशमलव ६२, सानिमा ग्रोथ फण्डको पाँच दशमलव ८५, धौलागिरि लघुवित्तको पाँच दशमलव ३९, मानुषी लघुवित्तको पाँच दशमलव शून्य तीन र न्यादी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति