2026-07-25 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धनको बैठक बस्दै, बन्ला त मन्त्रालयको भागबन्डामा सहमति ?

चैत १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

आज बेलुका बस्नेगरी प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘आज बेलुका मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बस्छ । तर, अहिलेसम्म समय तय भइसकेको छैन ।’

प्रधानमन्त्री प्रचण्डले बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।

आज शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो । पार्टीको सुझावअनुसार प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् ।

गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने लगभग सहमति भएको छ । तर, नेकपा एस र जसपाले ३–३ मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा एस र जसपालाई दुई–दुई मन्त्रालय दिन तयार छन् । आफूले राष्ट्रपतिदेखि सभामुखसम्म कुनै ठूला पदमा दाबी नगरेकाले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने नेकपा एसको अडान छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी छ । जनमत, लोसपा, नागरिक उन्मुक्ति, आम जनता, नेपाल समाजवादी पार्टीलाई एकएक मन्त्रालय दिने तयारी छ ।

तर, लोसपा र जनमतले एक मन्त्रालयमा चित्त नबुझाउने संकेत गरिसकेका छन् । त्यही विषयमा प्रधानमन्त्री प्रचण्डले सबै दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरिसकेपछि मात्रै संयुक्त बैठक राख्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ