2026-09-08 04:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल

2026-07-25

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थापक नेताहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन इतिहासको संरक्षण अपरिहार्य रहेको बताए।

उनले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको पुष्पलालको सालिक तोडफोड गरिनुका साथै दुर्लभ दस्तावेज र हस्तलिखित सामग्री जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै यस वर्ष फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाउनुपरेको बताए। नेपालले नरबहादुर कर्माचार्यले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै संस्थापक नेताहरूको सही इतिहास अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले इतिहास लेख्ने र संरक्षण गर्ने संस्कृतिको अभाव रहेको उल्लेख गर्दै महत्त्वपूर्ण राजनीतिक घटनाका साक्षी रहेका नेताहरूले आफ्ना अनुभव लिखित रूपमा छाड्नुपर्ने बताए। उनले भने, ‘यो स्मृतिमा रहेका कुराहरू नोट भएनन् भने त्यत्तिकै हराएर जान्छन्। व्यक्तिहरू बितेपछि घटनाक्रम पनि सँगै हराउने रहेछन्। त्यसैले इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले आफ्ना अनुभव लेखेर छाड्नुपर्छ।’

नेपालले आफूले तुलसी गिरी, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायत नेताहरूलाई आफ्ना अनुभव अभिलेख गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै धेरै ऐतिहासिक सामग्री समयमै सुरक्षित गर्न नसक्दा हराएको बताए। उनले रौतहट जिल्लाको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गर्दै त्यहाँ भएका राजनीतिक, किसान आन्दोलन तथा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित घटनाहरू व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने बताए। कम्युनिष्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई पुनर्जीवित गर्न एकता, आत्मसमीक्षा र नयाँ उत्साह आवश्यक रहेको धारणा राखे।

उनले भने, ‘आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ। घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा उनले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित