१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान

१२ चैत्र २०७९, आईतवार ०७:०२

चैत १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो । फेरि पनि तीनै मन्त्रालय पाउने शर्तमा मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा. मुकुल ढकालले बताए ।

रास्वपाले सरकारमा जाने शर्तका रूपमा केही सैद्धान्तिक विषयहरू पनि उठाएका छ । यसअघि आफ्नो पार्टीका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका एजेन्डाहरूलाई निरन्तरता दिनुपर्ने अडान पार्टीको छ ।

‘सरकारले फेरि अर्को न्यूनतम साझा कार्यक्रम बनाउने तयारी गरेको कुराहरू आइरहेका छन् । यदि त्यसमा हाम्रा नीति र एजेन्डाहरूलाई स्थान दिइन्छ भनेमात्रै सरकारमा जाने हो,’ उनले भने ।

‘यदि हामीले पहिले पाएको मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ डा. ढकालले भने ।

तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताए ।

‘हाम्रो न्यूनतम शर्तका विषयमा प्रधानमन्त्रीज्यू जानकार नै हुनुहुन्छ । संसदको चौथो शक्ति भएका हिसाबले पनि भागबन्डामा हामी यति डिजर्भ गर्छौं भन्ने हो,’ उनले थपे ।

मन्त्रालय भागबन्डा टुंग्याउन आज गठबन्धन बैठक बस्दैछ । रास्वपा यो बैठकमा सहभागी नहुने डा. ढकालले संकेत गरे ।

‘हामी सरकारलाई विश्वासको मत दिए पनि अहिलेको सत्तारुढ गठबन्धनमा छैनौं । त्यही भएर उपचुनावमा कसैसँग तालमेल नगरी आफैंले उम्मेदवार दिने निर्णय लिइसकेका छौं । गठबन्धनको बैठकबारे हामीलाई जानकारी आएको छैन,’ उनले भने ।

यदि गठबन्धनको बैठकमा बोलाइयो भने पार्टीले आवश्यक निर्णय लिने उनको भनाई छ ।

‘कसले बोलाउँछ भन्नेमा पनि भर पर्छ । यदि प्रधानमन्त्रीबाटै आग्रह भयो भने जान पनि सकिएला । तर, सरकारमा जाने सवालमा चाहीँ हामी आफ्नो अडानमा दृढ छौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ