2026-07-24 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हामीलाई गृहमन्त्री चाहिन्छ भनेर मैले भनेको छैन: माधव नेपाल

चैत १२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्।

उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।

‘सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ। टुंगो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषदले पूर्णता पाउने हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सांसद छ।

एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको हो? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘तपाईंहरू अन्तरयामी हुनुभयो कि क्या हो? मेरो मुखबाट त कहिले पनि गृह पनि अर्थ पनि निस्केको छैन।’

उनले देशको अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्न सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्ने पनि बताए। उनले परराष्ट्र मन्त्रालय पनि काबिल व्यक्तिलाई दिनुपर्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक