१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

१२ चैत्र २०७९, आईतवार ११:३२

चैत १२, काठमाडौँ | कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।

विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ । 


पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको रू एक अर्ब लगानी भएको छ । 

तत्कालीन समयमा मकैबारी खरिद गर्दा यहाँ कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उहाँले सुनाउनुभयो । “नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे”, उहाँले विगत सम्झँदै भन्नुभयो, “करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।” रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उहाँको छ ।

रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । “हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो”, उहाँले भन्नुभयो, “सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।”

अहिले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उहाँले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उहाँको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ । 

रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन रु ५९ हजार, डिलक्सको प्रतिदिन रु ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज रु २५ हजार पर्छ । 

अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताउनुभयो । 

“हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो”, उहाँले भन्नुभयो । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उहाँको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी