Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजारमा काजुको माग अचानक बढेको हो त ?

२०७९, १२ चैत्र आईतवार ११:५९

चैत १२, काठमाडौँ | महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको ‘काण्ड’ ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त ?

हामीले केही पसलेहरुसँग बुझ्दा उनीहरुले काजुको व्यापार उल्लेख्य बढेको बताए । यद्यपि, कतिपय उपभोक्ता भने काजु किन्न आउँदा धकाउने गरेको उनीहरुको अनुभव छ । कलंकीस्थित श्रेष्ठ किराना पसलका सञ्चालक ओम श्रेष्ठले पछिल्ला दिनहरुमा काजुको ‘सर्टेज’ नै हुन थालेको दाबी गरे । होलसेलमा पनि नपाएर उपभोक्तालाई फर्काउनु परेको उनले सुनाए ।


श्रेष्ठले भने, ‘मैले आधा केजीसम्मको प्याकेट बनाएर काजु बिक्री गर्ने गरेको छु । आधी केजीको १ हजार रूपैयाँ पर्छ । तर, केही दिनदेखि काजु नै सकिएको छ । धेरै ग्राहकलाई फर्काउनुपरेको छ । काजु ल्याउने पार्टीलाई फोन गर्दा पनि बजारमा कमी भएकाले केही दिनमा मात्रै ल्याइदिन्छु भन्ने उत्तर दिइरहेका छन् ।’ माग धेरै भएको कारण अब खुला काजु पनि बिक्री गर्ने श्रेष्ठले बताए ।

मसला भण्डारका सञ्चालक दिनेश अग्रवालले पनि पछिल्लो केही दिनमा काजुको माग निकै बढेको बताए । अग्रवालले भने, ‘पहिले मेरो पसलमा आएका ग्राहकमध्ये ४० देखि ५० प्रतिशतले काजु किन्ने गरेका थिए । केही दिनदेखि ७० प्रतिशत जति ग्राहकले काजु किन्छन् ।’

यसअघि कोरोनाकालमा काजुको बिक्री यसैगरी बढेको उनको अनुभव छ । अहिले चाहिं के कारणले माग बढेको हो भन्ने उनले हेक्का पाएका छैनन् ।

‘काेरोनाको बेला शरीरमा तागत आउँछ भनेर काजुको माग बढेको थियो । तिहारका बेला अत्यधिक माग हुनु स्वाभाविक हो । अहिले खोइ के कारण हो, झण्डै तिहारकै बेलामा जस्तो बिक्री बढेको छ’, अग्रवालले दाबी गरे ।

ज्योति ट्रेडर्सका सञ्चालक रमेश मिश्रले पनि नेपाली बजारमा काजुको माग केही दिनदेखि बढेको उल्लेख गरे । ‘देश आर्थिक मन्दीमा छ भन्छन् । अन्य वस्तुहरुको बिक्री कमजोर छ । तर, काजुको बिक्री भने अचानक बढेको छ’, मिश्रले भने ।

दैनिक ३ देखि ५ केजीसम्म काजु बिक्री हुने ठाउँमा अहिले ८ देखि १२ केजी बिक्री भइरहेको उनको अनुभव छ । पसलमा काजु किन्न आउने कतिपय ग्राहक खितखित हाँस्ने गरेको पनि मिश्र बताउँछन् ।

‘खोइ किन काजुलाई यसरी हाँसोको विषय बनाइएको हो, थाहा छैन । हामी व्यापारीलाई व्यापार भए पुग्यो, अरु चासो नै छैन’, उनले भने ।

बजारमा काजुको अभाव भने नरहेको पसलेहरु बताउँछन् । नेपालमा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ३ सयसम्म मूल्यमा काजु बिक्री हुने गरेको छ ।

कति आयात हुन्छ काजु ?

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालमा विभिन्न देशबाट ४१ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३३ हजार केजी काजु आयात भएको छ ।

नेपालमा चीन, भारत, नाइजेरिया, भियतनाम, सिंगापुरलगायतका देशबाट काजु आयात भएको छ । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु नेपालमा भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की