असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकु"/>

2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराले अस्पतालमा छोडेर भागेपछि अलपत्र परे भक्तबहादुर

असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् । 

जिल्ला अस्पतालको आकस्मिक कक्षमा बाबुलाई पु¥याएका गोविन्दलाई औषधि ल्याउन डाक्टरले भनेपछि बेपत्ता भएका एक हप्तासम्म नफर्केपछि भक्तबहादुर अलपत्र परेका छन् । 

बाबुछोराबाहेक घरमा कोही नभएपछि बाहिरबाहिर कमाएर खाने बाबुछोरा आर्थिक समस्या परेका कारण भागेका हुनसक्ने चिकित्सकको अनुमान रहेको छ । खोकु–१ मा आठ रोपनी जग्गा भए पनि घर नभएको जग्गा बाँझो भएका कारण घर छोडेको चार वर्ष भएको भक्तबहादुरले बताए । 

चार वर्षअघि श्रीमतीको मृत्यु भएपछि हिँडेका भक्तबहादुर १० वर्षभित्र आमाबाबुसहित दाजुभाइ, छोराछोरीसहित १५ जनाको काजक्रिया गरेर सम्पत्तिको नाममा आठ रोपनी जग्गा मात्र बाँकी रहेको बताउनुहुन्छ । 

छातीमा समस्या देखिएका भक्तबहादुरको दमको बिमार भएको स्याहार र हेरचाहमा रहनुभएको स्टाफ नर्स एन्जल लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अस्पतालका तर्फबाट नै उपचार गरेका हौँ, निःशुल्क एवम् अस्पतालमा बाहेक बाहिरबाट औषधि ल्याएर बचायौँ तर डिस्चार्ज लिने मान्छे नभएर उहाँलाई अस्पतालमा राख्नुपरेको छ । 

“बिरामी बाबु छोडेर भागेका छोरालाई पटकपटक फोन गर्यौँ तर सम्पर्क नै हुँदैन, उहाँ त अलपत्र नै हो, हामीले के गर्ने निर्णय गर्न सकेका छैनौँ ।” ६७ वर्ष पुगेका भक्तबहादुर आफू दलित भएका कारण वृद्धभत्ता पाइने कुरा समेत थाहा नभएको र नागरिकतासमेत हराएको कारण राज्यले दिने सुविधासमेत नभएको बताउनुहुन्छ । 

“छोरा के गर्छ, कता जान्छ, केही थाहा छैन, बिरामी भएको खबर पाएर मलाई यहाँसम्म छोडेर कता गयो थाहा छैन, पैसा थिएन होला, लाज भयो, भाग्यो होला”, सार्कीले भन्नुभयो । 

बाँसको चोयाबाट डोको बुन्ने सीपका कारण जीविका चलाएको बताउने भक्तबहादुर उमेर ढल्कँदै गएका कारण अब कसरी छाक टार्ने समस्या भएको बताउनुहुन्छ । परिवारका नाममा एउटा छोरो त्यो पनि साथमा नहुँदा बुढेसकालमा के गर्ने ठूलो समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै दुईचार वर्ष त केही गर्न सकिएला, ओछ्यान नै परेपछि त खै के गर्ने, दिनरात निन्द्रा हराएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई