2026-11-04 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

2026-11-04

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरेको छ । महानगर वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरिएकाे जानकारी दिएकाे हाे । साथै, महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ । महानगर वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर दीपावलीका अवसरमा यस्तो व्यवस्था सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् ।

वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य माला तथा पुष्प गुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ । साथै, काठमाडौँ महानगरपालिकाले समेत विगतका वर्षहरूदेखि नै प्लास्टिकजन्य माला तथा पुष्प गुच्छाको आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा निषेध गरेको छ ।’

सूचनामा भनिएको छ, ‘आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरी स्वदेशी फूल तथा मालाको विक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नुहुन सम्पूर्ण महानरवासीमा अनुरोध छ ।’साथै विभागले सूचनाको अवज्ञा गरी पूर्णरुपमा रोक लगाइएका प्लास्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाइएमा सामाग्रीहरू जफत हुने समेत जनाएको छ । सूचना भनिएको छ, ‘सूचनाको अवज्ञा गरी पूर्णरुपमा रोक लगाइएका प्लास्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाइएमा सामाग्रीहरू जफत हुने तथा काठमाडौँ महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐन बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।’

तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको प्रयोग बढ्दै जाँदा नेपाली बजारमा स्वदेशी तथा विदेशी फूलको कारोबार पनि बढ्ने गरेको छ । फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन महानगरपालिकाले काम गरिरहेको हो । २०८० सालदेखि महानगरपालिकाले तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ । नेपाली उत्पादनलाई विदेशी फूलबाट छुट्याएर पहिचान दिन तथा बिक्रीमा प्राथमिकता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।

महानगरपालिकाले पहिलो वर्ष प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोड स्टोरको प्राङ्गणमा फूल बिक्री गर्ने व्यवस्था गरेको थियो । सुरुमा व्यापारीलाई महानगरको योजना बारे पर्याप्त जानकारी नहुँदा उनीहरू सहरका विभिन्न स्थानमा बसेर फूल बिक्री गर्न थालेका थिए । त्यसपछि महानगर प्रहरी बलले व्यापारीलाई सवारीसाधनमार्फत तोकिएका बिक्री स्थलसम्म लगेर फूल तथा माला लोड–अनलोड गर्न सहयोग गरेको थियो । नेपालमा अहिले पनि पुष्प तथा पुष्पजन्य वस्तुको आयातको आकार ठुलो छ । नेपालमा भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइवान र इजरायललगायत देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेका छन् ।

त्यस्तै महानगरीय प्रहरी बले पनि एक सूचना जारी गर्दै बिक्री केन्द्रका बारेमा जानकारी दिइएको छ । सूचनामा बिक्री स्थलमा व्यवस्थापनमा सहयोग गर्न किसानले सिधै फोन गर्न सक्ने व्यक्तिको मोबाइल नम्बर समेत उल्लेख छ । यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्क्वेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको पहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं.२६ को कोइराला स्मार्ट, महाराजगन्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल विक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता